प्रधानमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार एक्लाएक्लै भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसअघि सोमबार नै प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि एक्लाएक्लै भेटवार्ता गरेका थिए। प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि विदेशी राजदूतहरूसँग सामूहिक रूपमा भेट गर्दै आएका थिए। पछिल्लो समय भने उनले राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन्।
.gif)

.png)

