नेपाल प्रहरीमा प्राविधिक तर्फ ४०० भन्दा बढीको लागि भर्ना खुल्यो
काठमाडौँ : नेपाल प्रहरीले प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा भर्ना खोलेको छ। यसमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान जस्ता पदहरू समावेश छन्।
इन्जिनियरिङ क्षेत्रमा कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल जस्ता प्राविधिक तर्फका पदमा पनि भर्ना खुला गरिएको छ। यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायनका साथै स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदहरूमा भर्ना खुला गरिएको छ।
प्रहरी जवानका लागि २८० जनाका लागि भर्ना खुला भएको छ भने अन्य पदहरूमा १२९ जनाका लागि भर्ना खुला गरिएको छ। दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म राखिएको छ।
प्राविधिक प्रहरी जवान पदको लागि भने दरखास्त बुझाउने म्याद चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म हुनेछ।
.gif)

.png)

