नेपालकै पहिलो सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने
काठमाडौं । नेपालको बहुप्रतीक्षित सिस्नेखोला–नागढुंगा सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य आकस्मिक सेवाका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइनेछ भने सर्वसाधारणका लागि साउनको अन्तिम सातादेखि सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
२.६८८ किलोमिटर लामो यस सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा करिब ३३ मिनेट र बाहिरिँदा २३ मिनेट समय बचत हुने अपेक्षा गरिएको छ। यो नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो, जसले राजधानी प्रवेशलाई थप सहज, सुरक्षित र छरितो बनाउने विश्वास गरिएको छ।
तस्बिर : एपि तोलाङ

.gif)

.png)

