मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि घर फर्किइन् दीपाश्री निरौला


२०८३ श्रावण ७ बिहीबार १८:०४ बजे

काठमाडौं :  निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला १८ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बिहीबार उनलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट डिस्चार्ज गरिएको हो।

यसअघि अस्पतालले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको थियो। शल्यक्रियापछि उनी चिकित्सकको निगरानीमा उपचाररत थिइन्।

अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दीपाश्री अस्पतालबाट घर फर्किएको जानकारी दिएका छन्। उनले अस्पतालबाट डिस्चार्ज हुने क्रममा दीपाश्रीले सबैलाई ४० वर्षको उमेरपछि कम्तीमा एकपटक मस्तिष्कको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको उल्लेख गरेका छन्। ‘४० वर्ष उमेर कटेपछि एकपटक मस्तिष्कको अवस्था परीक्षण गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ,’ दीपकराजले फेसबुकमा लेखेका छन्।

दीपाश्रीले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल परिवार तथा उपचार अवधिभर शुभेच्छा, प्रार्थना र साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन्। फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा अस्वस्थ भएपछि दीपाश्री अस्पताल भर्ना भएकी थिइन्। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणमा मस्तिष्कमा ट्युमर देखिएपछि उनको सफल शल्यक्रिया गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७