राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ


२०८३ श्रावण ७ बिहीबार १७:०० बजे

काठमाडौं :  नेपाल प्रहरीको साइबर ब्युरोले अभियन्ता वेदिका केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको छ। कथावाचिका राधिका दासीको उजुरीका आधारमा बिहीबार केसीलाई पक्राउ गरिएको हो। हाल उनलाई साइबर ब्युरोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको छ। केसीले आफूलाई धर्मभित्र रहेका विकृति र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने अभियन्ताका रूपमा परिचित गराउँदै आएकी थिइन्। उनले विभिन्न धार्मिक ‘माता’ र ‘धर्मगुरु’विरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्दै आएकी थिइन्।

यसअघि सामाजिक सञ्जालमा दिएका विवादित अभिव्यक्तिका कारण उनी कार्यरत शैक्षिक परामर्श संस्था जीबीएस कन्सल्टेन्सीबाट बर्खास्त भएकी थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७