दुर्गा प्रसाईँको हिरासत बसाइ तीन दिन थपियो
पर्सा : पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा 'राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक दुर्गाप्रसाद प्रसाईँलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा अनुसन्धान गर्न थप तीन दिन प्रहरी नियन्त्रणमा राख्ने अनुमति दिएको छ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध घृणा वा द्वेष फैलाएको, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याएको तथा नेपाल सरकारप्रति निराधार एवं अप्रमाणित आरोप लगाई अवहेलना गरेको अभियोग उनीमाथि लगाइएको छ।
पर्सा प्रहरीले सोमबार राति वीरगञ्जको सिद्धार्थ दियालो होटलबाट 'जरुरी पक्राउ पुर्जी' थमाएर नियन्त्रणमा लिएका प्रसाईँमाथि अहिले हिरासतमा राखेर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले दिएका छन्।
.gif)

.png)

