मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता : उच्च शिक्षाको परीक्षालाई पनि फास्ट ट्रयाकमा लाने

मन्त्री पोखरेल : असफल हुनेहरू निराश नहुनुस्


२०८३ बैशाख २९ मंगलबार ०९:३५ बजे

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एक महिनामै सार्वजनिक हुनुलाई राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्वपूर्ण उदाहरण भएको बताएका छन्। नतिजा सार्वजनिक भएपछि सामाजिक संजाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्ने सरकारको लक्ष्य सफल भएको उल्लेख गरे।

लाखौँ विद्यार्थी र अभिभावकको प्रतीक्षालाई छोटो समयमा सम्बोधन गर्न सम्भव भएकोमा खुसी व्यक्त गर्दै उनले यस कार्यमा संलग्न शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड र सुरक्षा निकायप्रति हार्दिक आभार प्रकट गरेका छन्। ‘परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था जस्ता सुधारात्मक प्रयासहरूले गर्दा नै छिटो नतिजा प्रकाशन सम्भव भएको हो’, मन्त्री पोखरेलले भने।

सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनले अब यही सुधारको गतिलाई प्लस टु (११–१२ कक्षा), स्नातक र स्नातकोत्तर तहसम्म विस्तार गर्ने प्रतिबद्धता समेत जनाउए। परीक्षा प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ। साथै, अपेक्षाअनुसार नतिजा ल्याउन नसकेका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै उनले धैर्यता र पुनः प्रयास नै सफलताको वास्तविक आधार भएको भन्दै हौसला प्रदान गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७