यस वर्ष यी २० माध्यमबाट हेर्न सकिनेछ एसईईको नतिजा


२०८२ असार ११ बुधबार १५:५२ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट एसईई नतिजा हेर्न सकिने जनाएको हो ।  कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरण समेत सार्वजनिक गरेको छ । 

टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ । त्यस्तै जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट एसएमएसको माध्यमबाट पनि नजिताको जानकारी पाइनेछ । 

हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७