विश्वराज पोखरेलसँग रिसाए महावीर पुन, भने : सांसद पदको बेइज्जत गरेको अर्को सांसद 

सचिवालय भन्छ : प्रधानाध्यापकज्यूले हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो


२०८३ बैशाख १२ शनिबार १२:५० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सांसद पदको बेइज्जत गरेको भन्दै पूर्वशिक्षामन्त्री रहेका सांसद महावीर पुनले बिरोध गरेका छन् । पुनले रास्वपा सांसद पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको भिडियो शेयर गर्दै भनेका छन्,  ‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्‍यो त ।’ 

ओखलढुंगाबाट निर्वाचित पोखरेलले एक प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। आफ्नो स्वागतमा नआएको प्रति आक्रोशित भएर प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए ।

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ । पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।पुनले सांसद जनताको नोकर भएको उनलाई  सुझाव दिएका छन् । ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए  ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ,’ पूर्वमन्त्री एवं म्याग्दीबाट निर्वाचित पुनले भनेका छन् ,‘५ बर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ रु कि तुरुन्त माफी माग्नु पर्‍यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्‍यो । सासंद पदको बेइज्जत नै गर्‍यो त ।’

यसरी थर्काएको भिडिओ बाहिरिएपछि रास्वपाका सांसद गणेश कार्कीले नै विश्वराजको आलोचना गरेका छन्। ‘म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरू। यही सांसद पद पनि बढीमा ५ वर्ष हो। के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु, भुइँ नछोडौँ न है,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

विश्वराजको सचिवालयले भन्याे: प्रअले माफी मागे
सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको घटनाबारे उनको सचिवालयले प्रष्टिकरण दिएको छ । प्रधानाध्यापकले पोखरेललाई धेरैबेर पर्खाएको र पछि माफी मागेको सचिवालयको दावी छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेका पोखरेलले आफूलाई गेटमा स्वागत गर्न नआएको भन्दै प्रअलाई थर्काएका थिए । उक्त भिडिओ नेपालप्रेसले सार्वजनिक गरेपछि पोखरेलको चौतर्फी आलोचना भइरहेको छ ।

उनको सचिवालयले भने यस घटनामा पोखरेल गलत नभएको आशयसहित प्रष्टिकरण दिएको हो । ञप्रधानाध्यापक कार्यालयभित्रै भएको अवस्थामा कार्यालय सहयोगीमार्फत माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियोझ, सचिवालयले भनेको छ, ञमाननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो ।

तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो । त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो ।’ प्रधानाध्यापक हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूझसँग माफी मागेको सचिवालयको भनाइ छ । ञत्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको हो, सचिवालयले भनेको छ ।

घटनाको सम्पूर्ण सन्दर्भ सार्वजनिक नभई एउटा सानो अंश मात्र प्रसारण हुँदा आमजनमानसमा अनावश्यक भ्रम उत्पन्न हुन सचिवालयको तर्क छ । घटनाको पूर्ण भिडियो सार्वजनिक भए वास्तविकता स्वतः स्पष्ट हुने दावी गरिएको छ । सचिवालयले भनेको छ, ‘राजनीतिक शुद्धिकरण केवल माथिल्लो तहमा सीमित राखेर सम्भव हुँदैन ।

आज हाम्रो समाजका धेरै क्षेत्र राजनीतिको दुश्चक्रमा अल्झिएका छन्। दुर्भाग्यवश, विद्यालयजस्तो पवित्र संस्था पनि यसको प्रभावबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन। शिक्षालयहरूमा दलगत स्वार्थ र प्रभावले जरा गाड्दै जानु अत्यन्त चिन्ताजनक अवस्था हो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७