एसएसपी विश्वराज पोखरेलको थमौती, ललितपुरको प्रमुखका लागि चर्को दौड
एसएसपीहरु विश्वराज पोखरेल, उत्तम सुवेदी र वसन्त लामा[/caption]
यसअघि आइजीपी सर्वेन्द्र खनालले एसएसपीद्वय हरि पाल र उत्तम सुवेदीमध्ये एकलाई काठमाडौंमा सरुवा गर्ने येजना बनाएका थिए भने गृहमन्त्रालयका सचिव प्रेमकुमार राई एसएसपी वसन्त लामालाई पठाउने पक्षमा छन् । उनले प्रधानमन्त्री कार्यालयबाट समेत लामालाई नै काठमाडौं पठाउन सकारात्मक बनाइरहेका छन् ।
गृहमन्त्री थापा आइजीपी खनालको प्रस्तावअनुसार नै हरि पाल र सुवेदीको पक्षमा सकारात्मक रहेका थिए । तर विश्वराज पोखरेलले २ हप्ताको बीचमा नेकपाका शीर्षनेता वामदेव गौतम, महासचिव बिष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतलाई भेट गरी ६ महिनामै मलाई किन सरुवा गर्न खोजियो भनेर बिलौना गरे । ३ दिनअघि आइजीपी खनालकोमा गएर उनले ‘मेरो के गल्ती भयो, मलाई ६ महिनामै किन तान्न खोजेको, म जे भन्नुहुन्छ त्यही गर्छु’ भन्दै याचना गरेका थिए ।
पोखरेलले याचना गरेपछि आइजीपी खनाल उनको सरुवा नगर्ने निचोडमा पुगेको स्रोतले बताएको छ । पोखरेललाई शेरबहादुर देउवा सरकारका आइजीपी प्रकाश अर्यालले २०७४ माघ अन्तिममा सांसद नवराज सिलवालको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गर्नका लागि सरुवा गरेका थिए । रविन्द्रसिंह धानुकले सांसद सिलवालको मुद्दा बुझाउन नमानेपछि तत्कालीन प्रधानमन्त्री देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रकाश अर्यालले पोखरेललाई काठमाडौंमा सरुवा गरेका थिए । एमालेका सांसद सिलवाललाई फसाउन पठाएका पोखरेलको तत्काल सरुवा हुने अनुमान गरिए पनि भएन । र, अहिले पुनः थमौती हुनेभएका छन् । सांसद सिलवाललाई पक्राउ गरी मुद्दा चलाउने र सांसदबाटै निलम्बन गराउने अभिभारासहित एसएसपी पोखरेल र डीएसपी मोहन थापा काठमाडौंमा सरुवा भएका थिए ।
[caption id="attachment_70960" align="aligncenter" width="600"]
एसएसपीद्वय सहकुलबहादुर थापा र हरिबहादुर पाल[/caption]
यसैगरी, पोखरेल सरुवा नहुने भएपछि गृहसचिव राईले ललितपुर परिसरमा वसन्त लामालाई पठाउन खोजिरहेका छन् । हरि पाल प्रधानमन्त्रीसम्मै पहुँच पु¥याएर ललितपुर जान भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
ललितपुरको प्रमुखमा सहकुलबहादुर थापाको नाममा छ । काठमाडौंका एसएसपी पोखरेल नचलाइएपछि ललितपुरका लागि एसएसपीहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । हरि पाल पनि अपराध अनुसन्धान महाशाखामा हुँदा एउटा ठूलो लेनदेन प्रकरणमा विवादमा मुछिएका थिए । .gif)

.png)

