रमादानको अवसरमा कतारद्वारा ३ नेपालीलाई आममाफी


२०८२ चैत २७ शुक्रबार १६:४१ बजे

काठमाडौँ : कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको हो। कतारका आमिर शेख तमिम विन हमाद अलथानीले आममाफी दिएको जानकारी मन्त्रालयले पत्रकार सम्मेलनमार्फत दिएको छ।

दोहास्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको पनि मन्त्रालयले जनाएको छ।

ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन भने उनीहरूको नामसमेत सार्वजनिक गरिएको छैन।

आममाफी पाएका तीनै जना नेपाली हाल स्वदेश फर्किने प्रक्रियामा रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७