कतारमा भएको विस्फोटमा नेपाली घाइते


२०८३ असार ९ मंगलबार ०९:४० बजे

काठमाडौं :  कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन्। उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारतीय नागरिक रहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी नेपालसहित भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, बंगलादेश, केन्या र नाइजेरियालगायतका देशका नागरिक घाइते भएका छन्। हालसम्म ६६ जना घाइतेको उपचार भइरहेको छ भने उनीहरूमध्ये कसैको पनि ज्यान जोखिममा नरहेको अधिकारीहरूले जनाएका छन्।

कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनी ‘कतार इनर्जी’ का अनुसार ग्यास आपूर्ति सुविधा सञ्चालनमा ल्याउने क्रममा बरजान ग्यास प्लान्टमा विस्फोट र आगलागी भएको थियो। घटनाको विस्तृत विवरण आउने क्रम जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७