शेयर बजारमा भारी गिरावट, आइतबार नेप्से परिसूचक १०५ अंकले घट्यो
काठमाडौं : आइतबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेर २६७६ बिन्दुमा कायम भएको हो ।
यसअघि बिहीबार नेप्से ५.८२ अंकले बढेको थियो । नयाँ सरकार गठन भएपछि भने समग्र बजार २८४ अंकले घटिसकेको छ । सरकार गठनअघि नेप्से २९६० बिन्दुसम्म पुगेको थियो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज ७ कम्पनीको शेयर मूल्य बढ्दा २६१ कम्पनीको घटेको छ । बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशतले घटेका छन् ।
हालै सूचीकृत ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।
यस्तै ७ कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । तीमध्ये नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी रहेका छन् । नेपाल पुनर्बीमाको मूल्य पनि ९.६२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
.gif)

.png)

