सरकारले भन्यो : वृद्धभत्ता उमेर बढाउने कुनै निर्णय छैन


२०८२ चैत २१ शनिबार ०९:२८ बजे
फाइल फोटो

काठमाडौँ : सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो । 

केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष राख्न सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छलफल बढेको थियो। तर मन्त्रालयले सो सिफारिसमाथि कुनै आधिकारिक निर्णय नभएको बताएको छ।

हाल एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्षमा र अरु नागरिकलाई ७० वर्ष उमेर पुगेपछि वृद्धभत्ता दिइँदै आएको छ।

यो कार्यक्रम २०५२/५३ को बजेटबाट सुरु भएको हो। सुरुमा मासिक १०० रुपैयाँ प्रदान गरिन्थ्यो भने अहिले मासिक रकम ४ हजार रुपैयाँसम्म पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७