कुटपिटबाट प्रहरी जवानको मृत्यु, चार जना नियन्त्रणमा


२०८२ चैत ३० सोमबार १०:२६ बजे

पर्सा : पर्साको वीरगन्ज महानगरपालिका–९ मा आइतबार दिउँसो एक प्रहरी जवानमाथि समूहगत आक्रमण हुँदा मृत्यु भएको छ। सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया घटनामा मारिएका हुन्।

घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले सक्रियता देखाउँदै संलग्नताको आशंकामा चार जना युवालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपराह्न केही युवाको समूहले चौरसियामाथि कुटपिट गरिरहेको सूचना प्राप्त भएको थियो।

सूचना पाएपछि केही मिनेटमै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाटै चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको नाम र ठेगाना अनुसन्धानमा असर पर्न सक्ने भन्दै सार्वजनिक गरिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको कारण प्रेम सम्बन्धसँग जोडिएको हुन सक्ने प्रहरीको भनाइ छ। सो विषयमा विवाद भएपछि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७