ठूलो संख्यामा प्रहरी जवानका लागि भर्ना खुल्यो
काठमाडौँ : नेपाल प्रहरीले प्रहरी जवान भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले १३ सय ७५ पदको लागि सूचना जारी गरेको हो।
गएको असोज १० गते प्रकाशित विज्ञापनमा १ हजर ५५३ प्रहरी जवानको पदको लागि दरखास्त आह्वान गरिएको थियो। त्यसपछि थप पद रिक्त भएकाले पुन: अर्को सूचना जारी गरिएको हो। अब असोज १० र पछिल्ला सूचनासहित कुल २ हजार ९२८ जना प्रहरी जवान भर्ना गर्न लागिएको छ।
यसमा जनपद प्रहरी जवान तर्फ १ हजार ५५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकार तर्फ १५ र खेलाडी तर्फ १५ पद खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ।
.gif)

.png)

