प्रहरी जवान जिसीले गरे आत्महत्या
दाङः जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान हरि जिसीले झुन्डिएर आत्महत्या गरेका छन् । तीन दिन देखि वेपत्ता उनी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । घोराही २ रामपुर ठेगाना भएका उनी जिप्रकाका चालक समेत हुन् ।
८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता थिए । प्रहरीले खोजतलास गर्दा उनको शव घोराही १८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै आत्महत्या किन भयो भन्ने थप अनुसन्धानबाट खुल्ने प्रतिक्रिया दिए ।
.gif)

.png)

