विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गरौँ : महावीर पुन


२०८२ चैत १९ बिहीबार १६:४७ बजे

काठमाडौँ : स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरी शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले हाल सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्न आवश्यक रहेको बताएका हुन्  ।

नेपालमा विज्ञान तथा प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले यसमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने धारणा राखे। ‘विज्ञान र प्रविधिको विकासविना मुलुक आर्थिक रूपमा अघि बढ्न सक्दैन,’ उनले भने । 

सांसद पुनले विद्यालय शिक्षामा देखिएका विकृतिहरू सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको औंल्याए। साथै, विद्यालय व्यवस्थापन समितिमा बढ्दो राजनीतिक प्रभावप्रति उनले चिन्ता व्यक्त गरे।

त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७