असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल
काठमाडौं : सरकारले संविधान संशोधनका लागि बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार संविधान संशोधनका लागि बहस पत्र तयार गर्न लागिएको हो ।
यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। ‘राजनितिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ’, पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने, ‘राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुन्छ।’
.gif)

.png)

