महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


२०८२ चैत १६ सोमबार १६:५७ बजे

काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ।

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतविरुद्ध पक्राउ पुर्जी माग गर्दै अदालतमा निवेदन दिएको थियो। तर अदालतले उक्त माग अस्वीकार गरेको हो । 

बस्नेतबाट पीडित भएको दाबी गर्दै शोभा पाठकले आइतबार प्रहरी परिसरमा पुनः जाहेरी दिएकी थिइन् । उनले बस्नेतमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरेको आरोप लगाएकी छन् । 

यसअघि उक्त जाहेरीमाथि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णय सदर गर्ने वा नगर्ने विषय अहिले उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ । 

मुद्दा उच्च सरकारी वकिल कार्यालयमा विचाराधीन रहेकाले अदालतले मिसिल फिर्ता पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । 

‘तामेलीको निर्णय जिल्लाबाट उच्च सरकारी वकिलकोमा पुगेको हो। उच्चमा विचाराधीन नै रहेकाले जारी भएन । त्यहाँको निर्णय अनुसार थप प्रक्रिया अघि बढ्छ,’ उनले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७