प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, राजनीतिक र कानुनी लडाइँ लड्छु : रमेश लेखक


२०८२ चैत १४ शनिबार ०७:३३ बजे

काठमाडौं : पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले भनेका छन्,  ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा ।’ 

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । 

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७