महामन्त्रीको हठले सहमति जुटेन : रमेश लेखक


२०८२ पौष ३० बुधबार २०:४० बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन् ।

लेखकले सभापति देउवा आफ्नो अधिकार कटौती गर्न समेत तयार रहेको तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हठका कारण सहमतिको प्रयास असफल भएको बताए। उनका अनुसार आगामी निर्वाचनमा टिकट वितरणको अधिकार छोड्न सभापति देउवा सहमत भइसकेका थिए।

उनको दाबी अनुसार सभापतिजीले टिकट वितरणमा आफूले हस्ताक्षर नगर्ने, संसदीय समिति वा कार्यवाहक सभापतिलाई जिम्मा दिने लगायतका विषयमा सहमति जनाएका थिए । तर अर्को पक्षले विशेष महाधिवेशनको अडान नछोडेपछि सहमति हुन नसकेको उनको भनाइ छ ।

महामन्त्रीहरूले पार्टीको आधिकारिकता र विधानलाई चुनौती दिँदै समानान्तर गतिविधि अघि बढाएपछि संस्थापन पक्ष कारबाहीको निर्णयमा पुग्न बाध्य भएको लेखकको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७