रदरफोर्ड आउट भएपछि सुदूरपश्चिम दबाबमा, ५६ रनमा ७ विकेट गुमायो

सुदूरपश्चिम ५६ रनमै ७ विकेट गुमाएर सङ्घर्षरत


२०८३ कार्तिक १० सोमबार १८:०७ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी बनेको छ।

सुदूरपश्चिमले १०औँ ओभरमा सातौँ विकेट गुमाएको छ।

लुम्बिनी लायन्सका बलर शेर मल्लले १०औँ ओभरमा लगातार दुई विकेट लिँदै सुदूरपश्चिमलाई थप दबाबमा पारेका हुन्। उनले पहिले शेरफन रदरफोर्ड र त्यसपछि स्कट कुगेलेइनलाई आउट गरे।

रदरफोर्ड ठूलो प्रहार गर्ने प्रयासमा लङअनमा आसिफ शेखबाट क्याच आउट भए। त्यसपछि कुगेलेइनलाई मल्लले एलबीडब्लूको धरापमा पारे। सुरुमा अम्पायरले कुगेलेइनलाई आउट दिएका थिएनन्। 

तर, लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू लिएपछि बल विकेटमा लाग्ने देखिएसँगै निर्णय उल्टिएको थियो।

यसअघि सुदूरपश्चिमले इशान पाण्डेलाई पाँचौँ विकेटका रूपमा गुमाएको थियो। उनलाई लुम्बिनीका तिलकराज भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेका थिए।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर विनोद भण्डारीलाई आउट गर्दै विकेट लिन सुरु गरेका थिए। त्यसपछि किशोर महतोले आरिफ शेख र ब्रान्डन म्याकमुलेनलाई पभेलियन फर्काए।

म्याकमुलेनले दुई बलमा दुई रन बनाएका थिए।

सुदूरपश्चिमले यसअघि सैफ अली जैबको विकेट पनि गुमाइसकेको छ। सातौँ विकेट गुमाउँदासम्म टोलीको ब्याटिङ निकै कमजोर देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७