लोकतन्त्र जोखिममा छ : रमेश लेखक
काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।
स्थानहद फुकुवापछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर पुगेका नेता लेखकले देश अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गरे । उनले संविधान लिकबाट बाहिर गएको र लोकतन्त्र कमजोर बन्दै गएको दाबी गरे ।
'अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ', लेखकले भने, 'यस्तो बेलामा सबैसाथीहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्छ ।'
उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने बताए । देशको अवस्था सामान्य नरहेकाले संविधानलाई लिकमा ल्याउन कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो ।
स्थानहद फुकुवापछि लेखक पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् । नेपाली कांग्रेसले यसपटक क्षेत्र नम्बर ३ मा हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट यसअघि लेखकले निर्वाचन लड्दै आएका थिए ।
.gif)

.png)

