पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ


२०८२ चैत १४ शनिबार ०६:१० बजे

काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनको पक्राउ पुष्टि गरेका हुन्। प्रहरीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।

नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।

प्रहरीले कारबाही अघि बढाउन सरकारसँग लिखित आदेश माग गरेको थियो। त्यसक्रममा मध्यराति कानुन मन्त्रालयका सचिवलाई नक्सालस्थित प्रहरी मुख्यालयमा बोलाइएको थियो। छलफलपछि कानुनसचिव पाराश्वर ढुंगानाले लिखित आदेश तयार पारेका थिए। उक्त आदेशका आधारमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै लेखकलाई पक्राउ गरेको हो।

जाँचबुझ आयोगले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन दमनसम्बन्धी घटनाबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। सरकारले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार अनुसन्धान अघि बढाउने निर्णय गरेको छ। ती दफाअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान गुमाएको कसुरमा कारबाही हुने व्यवस्था छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७