एनपीएलमा सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, पावरप्लेमै चार विकेट लियो लुम्बिनीले
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ।
लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको छ। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका छन्।
चारै जना ब्याटर पावर प्लेभित्रै पवेलियन फर्किएका हुन्।
लुम्बिनीका शेर मल्लले विनोद भण्डारीलाई आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि सुदूरपश्चिमले लगातार विकेट गुमाएको हो।
आरिफ शेख लुम्बिनीका बलर किशोर महतोको बलमा आउट भएका हुन्। तेस्रो ओभरमा अम्पायरले उनलाई आउट दिएपछि आरिफले डीआरएस लिएका थिए।
रिभ्युमा ब्याटमा बलले स्पर्श नगरेको देखिएपछि उनको विकेटको निर्णय कायम रह्यो। त्यसलगत्तै उनी किशोर महतोको बलमा क्याचआउट भए।
उद्घाटन खेलमा सुरुआतमै चार विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा परेको छ।
.gif)

.png)



