पूर्व गृहमन्त्री रमेश लेखक पनि रिहा


२०८२ चैत २६ बिहीबार ११:४० बजे

काठमाडौँ : पक्राउ परेको १३ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्नी यशोदा लेखकको जिम्मा लगाएर मुक्त गरेको हो । परिसरका एसपी पवन भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक परेमा हाजिर हुने सर्तमा उनलाई रिहा गरिएको हो ।

चैत १४ गतेदेखि सशस्त्र प्रहरी गणमा राखिएका लेखक सोही स्थानबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

यसअघि पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले रिहा गरिसकेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७