टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने


२०८२ चैत ६ शुक्रबार २३:२० बजे

काठमाडौँ : नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘स्प्रिङ एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार योजना चैत ६ गतेदेखि ८ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ ईभी तथा आइस रेञ्जका सवारीसाधन खरिद गर्न सक्नेछन्। जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीका सवारी लिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार यो योजना देशभर रहेका टाटा मोटर्सका शोरुममार्फत सञ्चालन भइरहेको छ।

अफरअन्तर्गत ग्राहकहरूले आकर्षक छुट, एक्सचेन्ज बोनस, विभिन्न एक्सेसरिज, लाइफटाइम निःशुल्क चार्जिङ सुविधा, एक वर्षको सवारी कर तथा निःशुल्क चार्जिङ बक्स जडानजस्ता सुविधा पाउनेछन्। साथै, प्रत्येक बुकिङमा उपहारको व्यवस्था गरिएको छ भने बम्पर लक्की ड्रमार्फत आइफोन १७ प्रो जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

यस अवधिमा ग्राहकहरूले टाटाका नवीनतम डिजाइन र प्रविधियुक्त सवारीसाधन अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गर्ने अवसरसमेत पाउनेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७