अमेरिकी स्टक एक्सचेन्जमा नेपालीको कम्पनीको कारोबार सुरु


२०८२ कार्तिक ७ शुक्रबार ११:५१ बजे

काठमाडौँ :  नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ ।

नेपाली मूलका उद्यमी समीर मास्केले स्थापना गरेको बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो ।

कम्पनीका संस्थापकसमेत रहेका मास्केले भने, 'नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरूलाई प्रेरित गर्नेछ ।'

विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि भएको मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फ्युज नामले सूचीकृत छ ।

कम्पनीमा हाल तीन सय पचास कर्मचारीले काम गरिरहेका मास्केले जानकारी दिए । त्यसमध्ये दुई सय साठी जना नेपालमा कार्यरत छन् । यसैबीच नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सीएसएलएम एक्विजेसन कम्पनी र फ्युजमसिन इन्कबीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजी बजारमा कारोबार हुने उल्लेख गरेको थियो । योसँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्व बजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसरसमेत सिर्जना गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिस्टिन च्याम्बर्स रहेका छन् । मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७