नागरिक उड्डयन प्राधिकरणमा ७५ पदमा जागिर खुल्यो
काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका प्रशासनिक र प्राविधिक पदमा आवेदन खुलाएको हो।
प्रशासनतर्फ प्रबन्धक पदमा एक जना महिला र प्राविधिकतर्फ एक जना आदिवासी जनजाति समुदायबाट नियुक्ति गरिने जनाइएको छ। त्यस्तै, उपप्रबन्धक पदमा प्रशासनतर्फ एक जना र प्राविधिकतर्फ दुई जना माग गरिएको छ।
वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा पनि विभिन्न संख्यामा कर्मचारी भर्ना गरिनेछ।
दरखास्त दिने अन्तिम म्याद चैत २६ गतेसम्म तोकिएको छ। सो म्यादपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ।
तह ९ र ८ का लागि १६ सय रुपैयाँ, तह ७ र ६ का लागि १२ सय रुपैयाँ तथा तह ५ र ४ का लागि ६ सय रुपैयाँ दरखास्त दस्तुर निर्धारण गरिएको छ। थप समूहका लागि सम्बन्धित तहको दस्तुरमा ५० प्रतिशत थप शुल्क लाग्नेछ।
.jpg)
.gif)

.png)

