एमाले नेता पाण्डेको प्रश्न : पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?


२०८२ चैत ४ बुधबार ०५:५० बजे

काठमाडौँ : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अब ‘बन्द कोठा’को षड्यन्त्र वा सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट सञ्चालन हुनुपर्ने बताएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी नेतृत्वप्रति लक्षित गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गरिए पनि ती विषयलाई गम्भीर रूपमा नलिइएको उल्लेख गरेका छन्।

उनले भने, ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?’ यो जायज प्रश्न हो । हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्‍यौँ र गल्तीहरू औँल्यायौँ। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’ को एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’

पाण्डेले हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठकहरू प्रभावकारी छलफलको थलो बन्नुपर्नेमा जोड दिएका छन् । 

साथै, पार्टीलाई आम कार्यकर्तामुखी बनाउँदै आधुनिक कार्यपद्धतिमा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ।

एमाले, सुरेन्द्र पाण्डे, आन्तरिक राजनीति, पार्टी सुधार

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७