महिलामाथि हुने जघन्य अपराधमा कडाभन्दा कडा कारबाही आवश्यक : पूर्वराष्ट्रपति भण्डारी


२०८२ फाल्गुण २८ बिहीबार १६:३५ बजे

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधमा दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन् । 

उनले नेपाली महिलाहरू अझै सुरक्षित र सम्मानित जीवन बिताउन पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरिन् । 

समाजमा बढ्दो घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार र हत्या जस्ता घटनाप्रति लक्षित गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई कलंकित बनाएको बताइन् । उनले अपराधीहरूले कानुनी छिद्रको प्रयोग गरेर उन्मुक्ति पाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइन् । 

राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज र महिला अधिकारवादी संगठनहरूको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू विरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ। नागरिक समाज र महिला संगठनहरूले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ। आज हामीले भूमिगत राजनीतिमा संलग्न अग्रज महिलाहरूको साहस र समर्पणबाट प्रेरणा लिएर नयाँ पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढाउन प्रेरित गर्नुपर्छ।’

उनले विगतमा महिला अधिकारका लागि लडेका योद्धाहरूको स्मरण गर्दै नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याइन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७