समवेदना व्यक्त गर्न ओली निवास गुन्डु पुगिन् विद्यादेवी भण्डारी
काठमाडौं : पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी छन् ।
एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त गर्न भण्डारी केहीबेरअघि गुन्डु पुगेकी हुन् । उनीसँगै केही सहयोगीहरू पनि त्यहाँ पुगेका छन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित कोरियन अस्पतालमा निधन भएको थियो। हाल ओली गुन्डुमै बसेर पिताको काजकिरिया गरिरहेका छन्।
पिताको निधनपछि पनि ओली शनिबार नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएका थिए। उक्त बैठकको अध्यक्षता भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरेको छ।
यसैबीच आइतबार दिउँसो १ बजे प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाने कार्यक्रम रहेको छ। उनको भ्रमणलाई ध्यानमा राख्दै गुन्डु क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
.gif)

.png)

