थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै
काठमाडौँ : बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, बाँकेबाट पोलिग्राफ टोली सुर्खेत आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार उक्त टोली बिहीबार सुर्खेत आइपुग्नेछ । सीआईबीबाट एक जना र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफ परीक्षण गर्ने दुई जनाको टोली आउने तयारी गरिएको उनले बताए ।
शाहीका अनुसार पहिलो चरणको अनुसन्धान जिल्लाबाटै सम्पन्न भइसकेको छ। थप प्राविधिक तथा विशेषज्ञ सहयोग आवश्यक भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिइएको उनले जानकारी दिए।
पोलिग्राफ टोलीले परीक्षणमार्फत बयानका क्रममा झुटो बोलेको वा सत्य बोलेको पहिचान गर्न सहयोग गर्नेछ। साथै सोही कार्यालयबाट सीडीआर विश्लेषणलगायतका प्राविधिक विषयमा काम गर्ने विज्ञ टोली पनि सुर्खेत आउने तयारी रहेको शाहीले बताए।
.gif)

.png)

