एनसेल कार्यालयमा सीआईबीको छापा


२०८३ बैशाख ३१ बिहीबार १९:०१ बजे

काठमाडौं : नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एनसेलको कार्यालयमा छापा हानेको छ । स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको हो ।  

आईबीले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको कार्यालयबाट केही कागजात लगेको एनसलेका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा सोधखोज थियो । 

यता, एनसेलले पनि सीआईबीले दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमका उपकरण तथा टावरहरु लिलामसम्बन्धी केही कागजातहरू पत्रमार्फत मागेको र सोहीबमोजिम उपलब्ध गराइएको ती कर्मचारीको भनाई छ ।

एनसेल अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा  अनुसन्धान अगाडि बढाइएको सीआईबीस्रोतले जनाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७