देउवाको पदमुक्तिप्रति कांग्रेसको असन्तुष्टि, सभामुखको भूमिकामाथि उठायो प्रश्न

कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह भन्छन्, प्राकृतिक न्यायको सिद्धान्त मिचियो


२०८३ भदौ ३ बुधबार ११:२६ बजे

काठमाडौं : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गरिएको विषयमा प्रश्न उठाएका छन्।बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शाहले कुनै व्यक्तिलाई जिम्मेवारीबाट हटाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिसँग कम्तीमा एकपटक छलफल गर्नुपर्ने बताएका हुन्।

प्रदेश सभा सदस्य प्रकाश देउवालाई किन पदमुक्त गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने शाहको भनाइ छ। प्राकृतिक न्यायको आधारमा सम्बन्धित व्यक्तिलाई एकपटक पनि नसोधी पदबाट हटाउनु उचित नभएको उनले बताए। सभामुख भीमबहादुर भण्डारीले अमुक उद्देश्य प्राप्तिका लागि आफ्ना गतिविधि अगाडि बढाएको आरोप लगाउँदै शाहले सभामुखले आफ्नो पदको मर्यादा र प्रदेशसभाको गरिमालाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

प्रदेश सभा सचिवालयले पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले देउवालाई संविधानअनुसार पदमुक्त गरिएको जनाएको छ। प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य देउवा मंगलबार पदमुक्त भएका थिए।

विश्वासको मत लिने प्रक्रियालाई सहयोग पुग्ने गरी सभामुखले निर्णय गरेको भन्दै शाहले त्यसप्रति आफ्नो असहमति रहेको बताए। संवैधानिक र कानुनी प्रक्रियाअनुसार सरकार अघि बढ्दा आफूहरूको कुनै अवरोध नरहने स्पष्ट पार्दै उनले सम्बन्धित पक्षसँग कुनै छलफल नगरी एकाएक निर्णय गर्नु उचित नभएको तर्क गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७