रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो


२०८२ फाल्गुण २६ मंगलबार २१:१५ बजे

लुम्बिनी, २६ फागुनः प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । 

पार्टीले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ ।  रुपन्देही जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए । जसअन्तर्गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ६५.४२ प्रतिशत अर्थात् चार लाख ३९ हजार ९७६ मत खसेको थियो । 

समानुपातिकतर्फको मतगणनाअनुुसार रास्वपाले प्रत्यक्षभन्दा पाँच हजार ३२१ मत बढी हो । यो गणना भएको कूल मतको ५५ प्रतिशत हो । प्रत्यक्षतर्फ रास्वपाले पाँच वटै क्षेत्रबाट दुई लाख ३७ हजार ८१ मत पाएको छ ।

यस्तै विसं २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा (एमाले)  भने अहिलेको निर्वाचनमा तेस्रो स्थानमा पुगेको छ । एमालेले सम्पन्न निर्वाचनमा ५१ हजार ९४९ मत अर्थात् ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्याङ्कमा देखिएको छ ।

यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ५१ हजार ९४९ मत अर्थात् ११.८ प्रतिशत मत गरी यस पटक पनि दोस्रो स्थान कायम गरेको छ । यस पटक चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात् ६.४  प्रतिशत मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात् २.५ प्रतिशत मत पाएको छ । 

यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत, जनमत पार्टीले सात हजार २६३ मत, जसपा नेपालले छ हजार २६३ मत तथा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५५ मत ल्याएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७