सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता विजयी
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता विजयी भएका छन् ।
गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गरे भने चौधरीले ९ हजार ७८४ मत पाएका छन् ।
त्यस्तै, नेकपा (एमाले)का रामशंकर यादवले ७ हजार ८८६ मत, नेकपा (नेकपा)का रामचन्द्र यादवले २ हजार ८५३ मत र जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेका छन्।
.gif)

.png)

