सिरहामा बढ्यो हिंसा, एबी मलमा आगजनी


२०८३ श्रावण १४ बिहीबार १६:३९ बजे

काठमाडौं :  सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढ्न थालेका छन् । बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शन चर्किँदै गएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ ।

प्रदर्शनका क्रममा सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन ।

तनाव बढेपछि जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति बढाइएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७