सिराहा-३ मा रास्वपाका यादव विजयी
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. शम्भु यादव विजयी भएका छन् ।
आइतबार बिहान करिब १० बजे सार्वजनिक अन्तिम मत परिणामअनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा सोही क्षेत्रका पूर्व सांसद लिलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।
निर्वाचन अधिकृत राजन श्रीवास्तवका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वनाथ साहले ९ हजार ९४२ मत प्राप्त गरे। नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत पाउँदा जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादवले ५ हजार ६७० मत प्राप्त गरेका छन् ।
रास्वपाबाट निर्वाचित ४० वर्षीय डा. शम्भु यादवको जन्म सिराहाको पठेरवामा भएको हो ।
.gif)

.png)

