गच्छदारले देउवालाई भने : म कुनै गुटमा सामेल छैन, तपाईं सभापतिभन्दा माथि उठ्नुपर्‍यो

‘कांग्रेसले एकता खोजेको छ, यसलाई चानचुने नठानियोस्’


२०८३ श्रावण २९ शुक्रबार १८:५२ बजे

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको भूमिकाभन्दा माथि उठेर पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेका छन्।

संस्थापनइतर पक्षले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले आफूले कांग्रेस विभाजनको पीडा भोगेको स्मरण गर्दै पार्टी एकताको महत्व आफूले राम्रोसँग बुझेको बताए। उनले पार्टी विभाजनको साक्षी देउवा पनि रहेको उल्लेख गर्दै अहिले कांग्रेसलाई एकताबद्ध बनाउन देउवाले विशेष भूमिका खेल्नुपर्ने धारणा राखे।

‘कांग्रेसले एकता खोजेको छ, यसलाई चानचुने नठानियोस्,’ गच्छदारले भने, ‘म कुनै गुटमा सामेल छैन। विभाजनको पीडा भोगेको छु। शेरबहादुरजीको काँधमा ठूलो जिम्मेवारी आएको छ। दूषित राजनीतिलाई कसरी दलदलबाट निकाल्नुहुन्छ? आफूभन्दा माथि उठ्नुपर्‍यो, सभापतिभन्दा माथि उठ्नुपर्‍यो।’

कांग्रेस विभाजनपछि देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन हुँदा गच्छदार महामन्त्री थिए। सोही प्रसंग स्मरण गर्दै उनले पार्टी एकताको पीडा आफूले भोगेको बताएका हुन्।

गच्छदारले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई पनि पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरे। उनले नेतृत्वले भावनात्मक पक्षलाई समेत बुझ्नुपर्ने बताए। ‘गगनजीलाई पनि सन्देश छ, यसरी हुँदैन। सानेपामा कुर्सीमा बसेर मात्र हुँदैन, भावनात्मक कुरा पनि बुझ्नुपर्छ,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७