खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा
काठमाडौं : खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् ।
राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसकेकाले रातो पासपोर्ट र सरकारी सुविधामा एक पटक अमेरिका पुगेर आएपछि राजीनामा दिने उनको तयारी रहेको बुझिएको छ ।
बैठकले अमेरिकामा आगामी माघ ३ गतेदेखि हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन जी रिभोलुसनमा’ गुप्तालाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पार्टीको गतिविधिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनेपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्।
कार्कीले मन्त्रिपरिषद बैठकमै कुलमानसहित अर्का मन्त्री बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन भनेकी थिइन्। मन्त्री खरेलले आफू कुनै पनि दलमा आवद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट गर्दै राजीनामा नदिने अडान लिएका छन्।
कुलमानको पार्टी र रास्वपाबीच एकताको सहमति हुँदा गुप्ता पनि सँगै देखिएका थिए ।
.gif)

.png)

