गिटी–बालुवा निकाल्दा बनेको पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु
सिरहा । सिरहाको नरहामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । नरहा गाउँ पालिका– ३ खोरियास्थित खोला किनारमा रहेको स्थानीय वसन्त यादवको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त पोखरी गिट्टीबालुवाको अवैध उत्खनन् गर्दा बनेको आरोप स्थानीयले लगाएका छन् । सोमबार दिउँसोदेखि हराइरहेका दुवै बालकको शव मंगलबार बिहान फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दुबै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)

