सिराहामा युवती मृत फेला परेको घटना अनुसन्धान गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन


२०८२ बैशाख ३ बुधबार १२:१३ बजे

सिरहा । सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत फेला परेको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् । उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका छन् ।

यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन् । उनी सिराहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएको सिराहा प्रहरीले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७