म्याग्दीमा महावीर पुन भारी मतान्तरले निर्वाचित


२०८२ फाल्गुण २३ शनिबार ०८:२५ बजे

काठमाडौँ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । 

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई भन्दा करिब तीन गुणा बढी मत प्राप्त गरेका छन्।

अन्तिम मतपरिणाम अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाएका छन्।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका थिए, जसमा ४६ हजार २१५ मत खसेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७