राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा अवरुद्ध, सभामुखको आपत्तिपछि बैठक स्थगित

‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्नपछि विवाद, एमालेको विरोध र रास्वपाको रेकर्डबाट हटाउन माग


२०८३ असार २४ बुधबार १२:२६ बजे

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर विवाद भएपछि बैठक केही समयका लागि स्थगित भएको छ।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुख डोलप्रसाद अर्याललाई ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्नरु’ भन्दै प्रश्न गरेपछि सभामुखले तत्काल आपत्ति जनाएका थिए। सांसद राईको अभिव्यक्तिलाई सभामुख र संसद्को मर्यादाविपरीत भएको भन्दै सभामुख अर्यालले उनलाई थप बोल्न नदिँदै बस्न निर्देशन दिए।

सभामुखले भने, ‘आफ्नो भनाइ मर्यादामा बसेर बोल्नुहोला। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्न निर्देशन दिन्नँ, बस्नुस्। माननीय सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ। त्यसकारण बस्नुस्।’

सभामुखले बोल्न नदिएपछि एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। संसदमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।

यसैबीच, ज्वाला संग्रौलाले पनि सांसद राईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त टिप्पणी संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग गरेकी छन्।

घटनापछि संसदमा दलहरूबीच आरोप–प्रत्यारोप बढेको छ भने बैठक पुनः सञ्चालनका लागि दलहरूबीच छलफल जारी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७