सकेसम्म रात-दिन नभनी काम गर्छु, तीन वर्षपछि युवालाई पद छोड्छु : महावीर पुन

‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात-दिन काम गर्छु’


२०८३ जेठ २६ मंगलबार १९:२१ बजे

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी सम्हाल्दै महावीर पुनले मुलुकको विकासका लागि द्रुत गतिको कार्यशैली आवश्यक रहेकोमा जोड दिएका छन्।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले आफू 'रात-दिन नभनी' काम गर्ने प्रतिबद्धता व्यक्त गरे। विज्ञान र प्रविधिको क्षेत्रमा ढिलासुस्तीले नतिजा नदिने भन्दै उनले तीव्र गतिमा अघि बढ्ने स्पष्ट पारेका छन्।

विशेष गरी आफ्नो कार्यकाललाई लिएर उनले गरेको घोषणाले सबैको ध्यान तानेको छ। सरकारको कार्यकाल पाँच वर्षको भए पनि आफू भने बढीमा तीन वर्ष मात्रै मन्त्री पदमा रहने उनले स्पष्ट पारेका छन्।

'मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात-दिन काम गर्छु,' उनले भने, 'तीन वर्षभित्र मन्त्रालयको बलियो जग बसाल्छु र त्यसपछि नयाँ युवा नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्छु।' पद ओगट्ने भन्दा पनि संस्थागत आधार तयार पार्ने र युवा पुस्तालाई मार्गप्रशस्त गर्ने आफ्नो स्पष्ट योजना रहेको पुनको भनाइ छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा राम्रो आधार तयार गरेपछि युवाहरूलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । मन्त्री पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७