दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग


२०८२ फाल्गुण १२ मंगलबार १९:०० बजे

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारीमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न प्रष्ट निर्देशन दिएको छ।

आयोगले प्राप्त गुनासो र उजुरीका आधारमा, अर्को दल वा उम्मेदवार, दलका कार्यकर्ता वा आम नागरिकले प्रचारप्रसारमा अवरोध पुर्‍याउन नहुने चेतावनी दिएको हो। चुनावी प्रचारप्रसार आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (खण्डङ) मा कुनै दल, उम्मेदवार वा भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न नहुने व्यवस्था छ।

त्यसैगरी, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २० अनुसार प्रचारप्रसारमा बाधा पुर्‍याउने वा लगाउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

आयोगले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक र सरोकारवाला व्यक्तिहरूको दायित्व रहेको जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७