इंग्ल्यान्डको शानदार जित: श्रीलङ्कालाई ५१ रनले हरायो
काठमाडौँ : ट्वान्टी-२० विश्वकपको सुपर एटमा इंग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ। कोलम्बोस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि फिल साल्टले सर्वाधिक ६२ रन बनाए, जबकि विल ज्याक्सले २१ रन र कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए। अन्य ब्याटरहरूले भने उल्लेख्य रन जोड्न सकेनन्। श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ३ विकेट लिए भने दिलसान मधुशंका र महेश थीक्सानाले २/२ विकेट लिएका थिए।
श्रीलंकाले १४७ रनको सामान्य लक्ष्य पछ्याइरहँदा ९५ रनमै अलआउट भयो। श्रीलंकाका लागि कप्तान दासुन सनाकाले सर्वाधिक ३० रन बनाए, जबकि अन्य ब्याटहरूले हेर्नलायक प्रदर्शन गरेनन्।
इंग्ल्यान्डका लागि विल ज्याक्सले ३ विकेट लिए। जोफ्रा आर्चर, लियाम डावसन र आदिल रसिदले २/२ विकेट लिँदा जेमी ओभर्टनले १ विकेट लिएका थिए।
.gif)

.png)

