निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना


२०८२ फाल्गुण ८ शुक्रबार १६:४९ बजे

काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

युवा माझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत रमाइलो मात्रै नभई राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य बनाउने उद्देश्य राखिएको आयोगले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले एक मिनेट बराबरको टिकटक भिडियो निर्माण गरी आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्नेछ । यसमा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, निर्वाचनको आवश्यकता, मतपत्रमा छाप लगाउने सही तरिका, मतदाताको अधिकार–कर्तव्य र उम्मेदवार छनोटसम्बन्धी जानकारी समावेश हुनुपर्नेछ। भिडियो मौलिक, संवादमूलक र अडिओ/अभिनयसहितको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

भिडियो निर्माणका लागि एक व्यक्तिले एउटै विषयमा मात्र भिडियो पठाउन सक्नेछन् । दुई वा दुईभन्दा बढी व्यक्ति सामेल भएर भिडियो निर्माण गर्न पनि सकिने व्यवस्था छ। प्रतियोगिताका लागि निर्माण गरिएका सबै भिडियोलाई आयोगले आफ्नो अधिकारिक  सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्नेछ।

प्रतियोगितामा सबैभन्दा बढी भ्युअर्स प्राप्त गर्ने भिडियोहरूको लागि पुरस्कार व्यवस्था गरिएको छ । पहिलो स्थानका भिडियोलाई ५० हजार, दोस्रो स्थानका ३० हजार र तेस्रो स्थानका २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । भिडियोलाई फागुन १७ गतेसम्म आयोगको इमेलमार्फत पठाउनुपर्नेछ।

निर्वाचन आयोगले उत्कृष्ट भिडियोलाई स्वतन्त्र विज्ञ र आयोगको संयोजनबाट चयन गर्ने जनाएको छ । शर्त पालना नगरेका वा म्याद नाघेका भिडियोलाई प्रतियोगितामा स्वीकार गरिने छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७